जीन्दगी बदल्ने महान मान्छेका महान भनाईहरू

१) अरूको भावनासँग कहिल्यै नखेल्नु किनकी यो खेलमा तिमीले जित्न त जितौला तर कसैलाई जीवनभर गुमाउने जोखिम रहन्छ । – विलियम शेक्सपियर

२. संसारमा अराजकता हावी हुनुको कारण खराब मानिसको आतंक होइन बल्की असल मानिसको मौनता हो । – नेपोलियन बोनापार्ट

३. म उनीहरू प्रती आभारी छु जसले मलाई ‘हुन्न’ भने, किनभने उनीहरूकै कारणले सबैथोक म आफैले गरे । – अल्बर्ट आइन्स्टाइन

४. यदि मित्रता तिम्रो कमजोर पक्ष हो भने तिमी संसारकै बलियो व्यक्ति हौ । – अब्राहम लिंकन

५. कमजोरले क्षमा दिन सक्दैन, क्षमादान त बलियोहरूको प्रवृत्ती हो । – महात्मा गान्धी

६. कसैलाई हराउन निकै सजिलो छ तर जित्न निकै गाह्रो । – अब्दुल कलाम

७. अन्त्यतर्फ हामी शत्रूका कठोर बचन होइन, मित्रका कठोर मौनताहरू सम्झन्छौ । – मार्टिन लुथर किङ

८. तिमी भन्छौ, म हाँस खेल गर्न सक्दिन बिरामी छु । म भन्छु तिमी हासँखेल गर्न सक्दैनौ यसर्थ बिरामी छौ । – जर्ज बर्नाड शा

९. मानिसहरूले बुझ्न नसक्ने विषयको बारेमा तिमीले कुरा गर्यौ भने उनीहरूले तिमीलाई पागल ठान्नेछन् । – एल्विस प्रिस्ले

१०. सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथिको प्रेम हो । – मदर टेरेसा

११. एउटा कलम र एउटा सपनाले तपाईलाई जहाँ पनि पुर्याउन सक्दछ । – जे मियर्स

१२. सबै संसार बदल्नेबारे सोच्दछन तर आफूलाई बदल्नेबारै कसैले सोच्दैन । – लियो टोल्सटोय

१३. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट

१४. पहिला तिनीहरूले वेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हाँस्नेछन्, त्यसपछि लड्नेछन् र अन्त्यमा तिमीले जित्नेछौ । – महात्मा गान्धी

 

Leave a Reply

Your email address will not be published.