काठमाडौं । नेपाली खर्बपती बिनोद चौधरीले एउटा सफल व्यवसायी निर्णायक ठाउँमा पुगेपछि सबैलाई काम गर्न सहज वातावरण निर्माण गर्न सक्ने बताएका छन् । एक सफल उद्योपति चौधरीका भनाईमा राष्ट्र निर्माण र स्रोत व्यवस्थापन कार्यमा राजनीतिभन्दा बाहिर अरु क्षेत्रबाट आएका व्यक्तिहरुले पनि महत्वपूर्ण काम गरेका धेरै उदाहरण पाईन्छन् ।
‘नेपालमा भने पूर्णकालिन राजनीतिमा रहेका मानिसले उद्योग व्यवसायमा सफल भएका मानिस नआउन् भनेर सबैकुरा आफैंले छेकेर राख्न खोज्ने प्रवृत्ति छ’ नेपाली कांग्रेससँग सम्बध्द रहेका चौधरी भन्छन्–‘ गैरराजनीतिक क्षेत्रका मानिस राजनीतिमा नआउन् भन्ने संकीर्ण मानसिकता जो छ त्यो हट्नु पर्छ ।’
भर्खरै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका उमेश श्रेष्ठको चौतर्फि विरोध भैरहेको सन्दर्भमा अर्का उद्योपति चौधरीले केही समय अघि दृश्य टिभीसँगको वार्तामा भनेका यी भनाई सान्दर्भिक लाग्छन् ।
उमेश श्रेष्ठ शिक्षा क्षेत्रका सफल व्यवसायी मानिन्छन् भने चौधरी नेपालका एकमात्र खर्बपति भनेर चिनिन्छन् । संयोगले यी दुवै व्यवसायी नेपाली कांग्रेसमा आवध्द छन् ।
राम्रा र नराम्रा पात्र जुनसुकै पेशा व्यवसायमा हुने भन्दै चौधरीले सक्षम मानिसलाई एउटा वर्गले अर्को वर्गको बाटो छेक्दा अन्तत देशलाई घाटा हुने बताए ।
बिनोद चौधरीको भिडियो वार्ताको सान्दर्भिक अंश यस्तो छ–