ओली सरकारले ल्याएको खोप देउवा सरकारले व्यवस्थापन गर्नसमेत सकेन

काठमाडौं। नेकपा एमालेकी सांसद् निरु पालले वर्तमान सरकारले कोभिडविरुद्धको खोप व्यवस्थापन गर्न नसकेको बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् पालले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले किनेर र अनुदानमा ल्याएको १ करोड ३१ लाख खोपबाहेक वर्तमान सरकारले अरु खोप व्यवस्था गर्न नसकेको बताउनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आएको खोपसमेत व्यवस्थापन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘गठबन्धन सरकारले खोप खोप खोप भनेपनि ओली सरकारले अनुदानमा र किनेको बाहेक १ करोड ३१ लाख डोज खोप बाहेक हरु व्यवस्थापन गरेको जस्तो लाग्दैन ।’

कोभिड पहिलो र दोस्रो लहरले जेष्ठ नागरिक र युवालाई तथा तेस्रो लहरमा बालबालिका प्रभावित हुने बताइरहेको भन्दै सांसद् पालले सबै जनतालाई पुग्नेगरी खोप व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कोभिडको तेस्रो लहर फैलँन नदिन थप तयारी गर्न पनि सरकारको पनि ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *