लुम्बिनी प्रदेश सांसद विमल खत्री बेपत्ता

काठमाडौं । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री ओली सम्पर्क बिहीन भएको बताएको छ ।

प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले जानकारी दिएका छन् ।

विमला बिहीबारसम्म सम्पर्कमा थिइन् । उनी अहिले सम्पर्कमा छैनिन् । फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउने गरेको घर्तीले बताएका छन् ।

ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइन् । दाङ आएपछि सम्पर्क बिहीन बनेको घर्तीले बताए ।

ओली दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित सांसद हुन् । उनका श्रीमान् तत्कालीन प्रदेश सांसद उत्तरकुमार ओलीको निधन पछि विमलालाई उपचुनावमा पार्टीले टिकट दिएर जिताएको थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा निर्वाचन भएको र पछि उनले दल रोज्दा माओवादी केन्द्र रोजेकी थिइन् ।

याे पनि समाचार 

एमालेको स्थायी कमिटीको बैठक बस्दै

पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

अध्यक्ष केपी ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।

दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरूलाई पूर्णता दिने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published.