एमाले कार्यदलका नेताहरु सिंहदरबारमा भेट्दै

काठमाडौं । नेकपा एमालेमा यसअघि विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलका सदस्यहरु अहिले सिंहदरबारमा भेला भएका छन् । उनीहरु पछिल्लो समय एमालेमा देखिएको विवाद समाधान गर्ने हेतुले छलफलका लागि सिंहदरबारमा जुटेका हुन् ।

स्रोतका अनुसार यसअघि बनेको यो कार्यदलका १० सदस्य नै सिंहदरबारमा छलफलमा अहिले जुटेका हुन् ।

नेकपा एमालेमा बनेको यो कार्यदलले यसअघि १० बुँदे सहमतिको प्रस्ताव सिफारिस गरेको थियो । यी १० बुँदे सहमतिको प्रस्तावलाई एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ । तर, यी दुवै कमिटीको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर कोही पनि सहभागी थिएनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यी १० बुँदे प्रस्ताव मान्न आफू तयार रहेको बताएका छन् । उनले पार्टीमा देखिएको विवाद समाधान गर्न आजको अल्टिमेटम दिएका थिए । अब पनि नेपाल समूह पार्टीमा मिल्न नआएमा आफू अगाडि बढ्ने ओलीले बताएका छन् ।

यसअघि झन्डै मिलनको बिन्दुमा पुगेको एमालेका दुई समूह ३ साउनमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि फेरि दुई समूहमा बाँडिएका छन् ।

याे पनि समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार ३ बजेको बस्ने तय भएको बैठक पूर्वकार्यदलका नेताहरुको बैठकको आग्रहपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

बैठक आइतबार बस्ने भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि प्रयास गरिरहेकाले गरेको आग्रहलाई स्वीकारेर स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *