एसएसबीले तुइन का टे को हल्ला गलत भएको भारतको दा वी

काठमाडौँ । तुइनबाट महाकाली नदीमा एक पुरुष बे प त्ता भएको घटनामा एसएसबीले तुइन का टे को हल्ला ग ल त भएको भारतले दा वी गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बे प त्ता भएको उक्त घटनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता नरहेको भारतले स्पष्ट पारेको छ ।

शनिबार पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै एसएसबीको संलग्नता नरहेको बताएका हुन् ।

भारतले लेखेको पत्रमा एसएसबीले तुइन का ट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै ग ल त भएको उल्लेख छ ।

महाकाली नदीमा बे प त्ता लाई खोज्न भारतले पनि टोली गठन गरेको जनाएको छ ।

 

नागरिकसँग असल व्यवहार गर्न मोदीले दिए इन्डियन पुलिस सर्भिसलाई निर्देशन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो छिमेकी मुलुकहरूसँग असल व्यवहार गर्न इन्डियन पुलिस सर्भिस (आईपीएस)लाई निर्देशन दिएका छन् ।

महाकाली नदी तर्दै गरेका नेपाली नागरिक भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन का टि दिँ दा नदीमा बेपत्ता भएको घ ट ना को भोलिपल्ट प्रधानमन्त्री मोदीले आफ्ना प्रहरी अधिकृतहरूलाई यस्तो निर्देशन दिएका हुन् । आईपीएस अफिसरहरूसँगको अन्तरसंवादमा मोदीले भारतका छिमेकी मुलुकहरू तिनका नागरिकहरूसँग असल व्यवहार गर्न निर्देशन दिएका हुन् ।

छिमेकी देशहरू भारतको सुख, दुःखका साथी पनि भएको स्मरण गराउँदै मोदीले भारतीय सुरक्षाकर्मीले सधैँ शत्रुवत व्यवहार गर्ने गरेको गुनासोप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाल होस्, भुटान होस्, माल्दिभ्स होस् या मौरिसस, हामी (भारत) उनीहरूका छिमेकी मात्र होइनौँ, हाम्रो सोच र सामाजिक तौरतरिकामा पनि धेरै समानता छ,’ मोदीले भने, ‘हामी सबै सुख, दुःखका साथी हौँ । जब कुनै विपत्ति आउँछ, सबैभन्दा पहिले हामी एकअर्कालाई मद्दत गर्छौँ ।’

महाकालीमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकप्रति गरेको अ मा न वीय घ ट नाको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.