वैद्य माओवादीद्वारा हाँस्यकलाकार किरण केसी ‘राता मकै’ को ४० विघा जग्गा क’ब्जा !

भरतपुर । हाँस्यकलाकार तथा चलचित्र निर्माता किरण केसीको ४० बिघा जग्गा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीले क ब्जामा लिएको घोषणा गरेको छ ।

केसीको माडी नगरपालिका–२ पौहारीमा रहेको सो जग्गा शनिबार दिउँसो १ बजे माओवादीले झण्डा गाडेर क ब्जा गरेको जनाएको छ ।

केसीको कम्पनी ट्वान्टी–वान प्रालिले उक्त जग्गा प्लटिङ गरेको थियो । कुसुमखोलाका सुकुम्बासीले प्लटिङ गरिएको सो जग्गा नपाउँदासम्म आफूहरूको कब्जामा रहने संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले बताएका छन् ।

ट्वान्टी वान ग्रुपले सो जग्गा नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको आ रो प संगठनको छ । कलाकार केसीले भने जग्गा क ब्जा गरिएकोबारे आफूले थाहा नपाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *