प्रतिगामी सरकारले दादागिरी देखाउन थालिसक्योः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिगमी भएको बताएका छन् ।

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन देउवा सरकारले दादागिरी देखाउन सुरु गरिसकेको बताए ।

‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

त्यस्तै, उनले आफ्नै पार्टीका प्रतिगामी तत्वहरुका कारण प्रतिगामी सरकार बन्ने स्थिति आएको पनि टिप्पणी गरे । ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो’, ओली भने ।

त्यस्तै, केही स्वार्थीहरुका कारण एमाले फुटाइएको समेत बताए ।

आफ्नै पार्टीमाथि घात गर्नेहरुलाई कम्युनिष्ट आन्दोलनलाई अघि नबढाउने पनि अध्यक्षले बताए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ ।’

ओलीले तुलसीलालका खास अनुयायी आफूहरु भएको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published.