मुसिकोटका युवा उद्यमीलाई सहुसियत कर्जा हस्तान्तरण

कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिकामा युवा उद्यम कार्यक्रम मार्फत सहुलियत कर्जा परिचालनका लागि त्रिपक्षीय सम्झौता तथा कर्जा रकम हस्तान्तरण कार्यक्रम आइतवार मुसिकोट नगरपालिकामा सम्पन्न भएको छ ।

कर्जा हस्तान्तरण कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले विना ब्याज अर्थात सहुलियत कर्जा लिएर यसको सही सदुपयोग गरेर कृषक आत्मनिर्भर भई आफ्नो जीवनलाई सहज बनाउन आग्रह गनुभयो ।

साथै नगरप्रमुख सापकोटाले कृषि,पशुपालन,युवा उद्यमीलाई रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा थुप्रै लगानी गदै आएको बताउनु भयो ।

त्यस्तै मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माले कार्यक्रम उद्यमीको लागि निकै महत्वपूर्ण भएकोले समाज र उद्यमीको समृद्धि ल्याउने योजना भएको बताउनुभयो ।

साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले यो कर्जाले लाभग्राही अर्थात कृषकहरुबाट उद्यमशिलता विकासको अपेक्षा गरिएकोले मुसिकोट नगरपालिकाको आर्थिक विकासमा ठूलो भूमिका रहने बताउनुभयो ।

मुसिकोट नगरपालिकाको आर्थिक सहयोग रहेको त्रिपक्षीय सम्झौता तथा कर्जा रकम हस्तान्तरणमा मुसिकोट नगरपालिका वडा नं. २ का उद्यमी यम बहादुर बोहोरा,वडा नं. ३का उद्यमी केशव रिजाल,वडा नं. ७ का उद्यमी कृष्ण प्रशाद काफ्ले, वडा नं. का उद्यमी सरस्वति विकलाई प्रतिव्यक्ति १÷१ लाखको दरले विना ब्याजमा दुई बर्ष भित्र साँवा फिर्ता गर्ने गरि कर्जा रकम हस्तान्तरण गरिएको थियो ।

त्रिपक्षीय सम्झौता तथा कर्जा रकम हस्तान्तरण कार्यक्रममा पशु शाखा प्रमुख महेन्द्र पन्थी,कृषि अधिकृत जनक पौडेल,नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,मुसिकोट नगरपालिका सहकारी शाखाका महेन्द्र घिमिरे,उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लि. भरत भण्डारी, सन्तोष कुर्वर क्षेत्री,महेन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम वित्तीय सेवा प्रदायक संस्था उज्यालो बहुउद्देश्यी सहकारी संस्था लि.गुल्मीका अध्यक्ष राजेन्द्रविक्रम कुँवरको अध्यक्षता तथा सहकारी संस्था लि.का व्यवस्थापक प्रकाश चालिसेको सञ्चालनमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *