कोरोना नियन्त्रण गर्न यस्तो छ सरकारको कार्ययोजना, विवादित स्वास्थ्य राज्यमन्त्रीले राखे २३ प्रस्ताव

काठमाडाैं । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले कार्ययोजना सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरी कार्ययोजना सार्वजनिक गरेका हुन्। जसमा उनले मास्क वितरणदेखि खोप लगाउनेसम्मका योजना समेटेका छन्।

चैतसम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाइने योजना रहेको छ। त्यस्तै, १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि फाइजरको खोप ल्याउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन्।

यससँगै जनस्वास्थ्यका मापदण्ड पालना गराउन सचेत गराउनेदेखि मास्क वितरण गर्ने योजना रहेका छन्। जस अन्तर्गत २३ देखि २९ साउनसम्म मास्क वितरण सप्ताह सञ्चालन गरिने भएको छ।

निकट भविष्यमै आउनसक्ने कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी थालिएको जनाइएको छ। आईसीयू, एचडीयू र भेन्टिलेटरको प्रबन्धदेखि अक्सिजनको व्यवस्था कार्ययोजनामा समेटिएका छन्।

उनले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएपछि व्यावसायिक संलग्नताबाट अलग भएको जनाएका छन्। पदमा रहँदासम्म स्वार्थ बाझिने व्यापार-व्यवसायमा संलग्न नहुने प्रतिबद्धता गरेका छन्।

त्यस्तै, राज्यमन्त्री श्रेष्ठले सरकारी सेवासुविधा पनि नलिने घोषणा गरेका छन्। सुरक्षाकर्मी बाहेक तलब, भत्ता, गाडी लगायतका सुविधा नलिने बताएका हुन्।

Leave a Reply

Your email address will not be published.