बुटवल सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट पाल्पा हुँदै बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ७ बजेतिर भएको दुर्घटनमा अन्य दुईजना सामान्य घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।

घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।

घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ । पहिरोले पाल्पा बुटवल सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published.