भोलि केपी ओली र माधव नेपालबीच ‘वन टू वन’ वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने भएको छ ।

पछिल्लो राजनीतिक उताव–चढावपछि अधिकांश समय एक–अर्काको आलोचनामा बिताएका शीर्ष दुई नेताबीचको भेटघाटले पार्टी एकतालाई सार्थक विन्दुतर्फ डोहोर्याउन सक्ने अनुमान गरिएको छ ।

दुई नेताबीच मंगलबार दिउँसो भेट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । यद्यपि, भेट हुने स्थानबारे केही खुलाइएको छैन ।

मंगलबारको भेटघाट एमालेको राजनीतिमा कोसेढुंगा साबित हुने अनुमान गरिएको छ ।

सोमबार दुवै पक्षले स्थायी कमिटी बैठक सम्पन्न गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका विभिन्न नौवटा विभाग पनि गठन गरेको छ ।

सर्वोच्चको फैसला सही छ, हामी माधव नेपालको एमाले हौं

फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा स्वतन्त्र हैसियतमा वैशाख १५ गते सपथग्रहण गरेका कुर्मराज शाहीले सर्वोच्च अदालतले गरेको आदेश लोकतन्त्रको विधि र प्रक्रिया जोगाउन आएको बताउँदै उक्त फैसलाको स्वागत गरेका छन् ।

नेपालप्रेससँग कुरा गर्दै मन्त्री शाहीले सर्वोच्च अदालतको आदेश अपेक्षाकृत नै रहेको दाबी गरे ।

तपाईंको विरुद्धमा आएको फैसलालाई किन स्वागत गर्नु भएको भन्ने प्रश्नमा उनले भने, ‘यो फैसला लोकतन्त्रको पक्षमा आएको छ । लोकतान्त्रिक विधी र पद्धतीको पक्षमा आएको छ । त्यो हाम्रो पक्ष वा विपक्ष भन्दा पनि दलीय शासनको पक्षमा आएको छ ।’ उनले आफुहरु एमाले नै रहेको प्रतिक्रिया दिए ।

‘केपी ओलीको एमाले होइनौं माधव नेपालको एमाले हौं । यामलाल कंडेलको एमाले होइनौं, प्रकाश ज्वालाको एमाले हौं ।’ उनले भने, ‘अहिले पनि हामी एमाले नै हौं, हिजो पनि थियौं र भोली पनि हामी एमाले नै हुन्छौं । अहिले यत्ति बुझ्नुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *