सवारी लाइसेन्सकाे ट्रायल परीक्षा खुलाउन सांसदको माग, कहिले खुल्छ ?

काठमाडाैं। लामो समयदेखि बन्द रहेको लाइसेन्स तथा ट्रायल परीक्षा खुलाउन संसदमा माग भएकाे छ । सांसद भरतकुमार शाहले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै बन्द रहेको यातायात क्षेत्रलाई खुलाउन सरकारलाई आग्रह गरेको छ ।

‘मोटरसाइकल तथा गाडीको लाइसेन्स नखुल्दा सेवाग्राही मारमा परेको, लाखौं मानिस पर्खेर बसिरहेको र स्वास्थ्य मापदण्डज अपनाएर लाइसेन्स आवेदन खुलाउन माग गर्दछु’ शाहले भने ‘सरकारले यो बिषयमा पनि ध्यान देओस्’ ।

गत बर्ष झन्डै १० महिना बन्दको लाइसेन्स आवेदन ५ महिना सञ्चालन हुन नपाउँदै २०७८ बैशाखबाट बन्द पुनः बन्द भएको थियो ।

यातायात विभागले पनि भदौबाट लाइसेन्सको आवदेन लिने र लिखित तथा प्रयोगात्मक परिक्षा सञ्चालन गर्न तयारी गरिरहेको छ । तर, कोरोना भाइरस संक्रमणदर बढिरहेको कारण सम्बन्धित निकाय अन्योलमा रहदै आएको छ ।हाल १० लाख भन्दा बढी सेवाग्राही लाइसेन्स आवेदन दिएर बसेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *