काठमाडाैंमा निषेधाज्ञा कडा पारिँदै, जिप्रकाले जारी गर्याे यस्ताे सूचना

काठमाडौं । पछिल्लो केही दिनयता कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आम नागरिकमा सचेत गराएको छ ।

आज मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम कायमै रहँदा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न अपिल गरेको छ ।

भीडभाडजन्य गतिविधिले सङ्क्रमण दर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न पनि आग्रह गरिएको छ । ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ,’ प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालहरूमा आइसीयु, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published.