बैंकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बैंकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ । माछापुच्छ्रे बैंक कर्मचारी संघको तर्फबाट दायर रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुँदा आफूहरुले हाल प्राप्त गरिरहेको सुविधामा कमी आउने भन्दै कर्मचारीहरूले रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमाथि मंगलबार भएको सुनुवाइपछि अन्तरिम आदेश जारी भएको हो ।

यो मुद्दालाई अबको ४५ दिनमा पुनः इजलासमा पेस गरिने भएको छ । तत्कालका लागि भने बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आउन सरकारले गरेको निर्णय कार्यान्वयन नहुने गरी यथास्थितिमा रहेन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *