एक समयकी चर्चित नायिका गरिमा बनिन् आमा : छोरा पाइन कि छोरी हँ ?

काठमाडाैं । नेपाली सिने क्षेत्रमा एक समयकी चर्चित अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ ।

आफु आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू ग’र्भवती भएको खबर पनि सामाजिक सञ्जालमार्फत केही अगाडि सार्वजनिक गरेकी थिइन् ।

उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् । केही बर्षको प्रेमलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *