लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण कसरी गर्दछ ?

हेमचन्द्र शर्मा / रीता पाेखरेल
लोकसेवा आयोग एक स्वतन्त्र एवं स्वायत्त संवैधानिका निकाय हो । यसले निजामती सेवाका लागि आवश्यक पर्ने उपयुक्त कर्मचारी छनोट गरी रिक्त पदको माग संकलन गर्ने , विज्ञापन गर्ने, दरखास्त संकलन गर्ने, छानविन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्ने ,अन्तवार्ता लिने, सिफारिश गर्ने जस्ता कर्य गर्दछ ।

लोकसेवा आयोगले यी कार्य नेपालको अन्तरिम संविधान २०६३, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७ र लोकसेवा आयोग (कार्य संचालन) निर्देशिका २०६७ अनुसार गर्दछ । लोकसेवा आयोगले निजामति सेवाको लागि आवश्यक पर्ने जनशक्ति निरन्तर आपूर्ति गरिरहन्छ ।

यसले आफ्नो कार्यव्यवस्थित गर्न वार्षिक कार्यतालिका बनाउदछ र सोहि अनुरुप कार्य गर्दछ । आफुले गरेको दैनिक कार्यको सूचना प्रत्येक बुधबार साप्ताहिक रुपमा आफैले प्रकाशन गर्ने बुलेटिन मार्फत र सोहि सूचना बुधबारको गोरखापत्र मार्फत जनसमक्ष ल्याउँदछ ।

लोकसेवा आयोगले गर्ने प्रायःसबै कार्य गोप्य रुपमा अत्ति निश्पक्ष तवरले गर्दछ । यहि भएर लोकसेवाप्रति सर्वसाधारण जनताको आकर्षण र विश्वास बढेको पाइन्छ । लोकसेवाले गर्ने कार्यमध्ये प्रश्नपत्र निर्माण गर्ने र उत्तरपुस्तिका जाँच गर्ने कार्य अत्यन्तै गोप्य हुने गर्दछन् ।

यी कार्य लोकसेवा आयोगले सम्बन्धित विषयका विशेषयज्ञबाट अति गोप्य तवरबाट गराउदछ । यहि कार्यले गर्दा लोकसेवा आयोग आज नेपाली जनताको मन, मुटु एवं मस्तिष्कमा भिज्न सफल भएको छ । लोकसेवा आयोगले गर्ने यी कार्यको सबैलाई जानकारी नहुन सक्दछ , त्यसैले यहां र यीसंग सम्बन्धित कार्यको चर्चा गर्न प्रयास गरिएको छ ।

यसबाट लोकसेवा आयोगको आन्तरिक कार्य प्रणाली बुझी परीक्षा तयारी गर्न र परीक्षा पास गर्न सहयोग पुग्दछ ।

प्रश्नपत्रको निर्माण
लोकसेवाले लिने परीक्षाको लागि प्रश्नपत्र निर्माण गर्दा सम्बन्धित विषयका विशेषज्ञबाट गराउने व्यवस्था छ । प्रश्नपत्र निर्माण गर्दा एक विषयको सामान्यतः ५ सेट प्रश्न ५ जना विशेषज्ञबाट निर्माण गर्नुपर्ने हुन्छ । लोकसेवाले लिखित परीक्षामा वस्तुगत प्रश्न र विषयगत प्रश्न सोध्ने गर्दछ ।

वस्तुगत प्रश्न सोध्ने विषयमा आयोगले ठीक बेठीक छुट्याउन प्रश्न ,जोडा मिलाउने प्रश्न र खाली ठाउँ भर्ने प्रश्न समावेश गर्दछ । विषयगत प्रश्न सोध्ने विषयमा लेकासेवाले उम्मेदवारले आफ्नो मौलिक विचारहरु व्याख्यात्मक रुपमा व्यक्त गर्न पाउने वर्णनात्मक प्रश्न, उम्मेदवारले दुई धारणाको तुलना गर्दै जवाफको प्रस्तुत गर्नुपर्ने तुलनात्मक प्रश्न, कुनै कुराको पक्ष वा विपक्षमा आफ्नो विचार व्यक्त गरी कारण र पुष्ट्याई दिनुपर्ने प्रश्न,

प्रश्नको जवाफमा उम्मेदवारले आफ्नो निजी धारणा प्रस्तुत गर्नुपर्ने अवसर दिई स्वतन्त्र विचार व्यक्त गर्नुपर्ने प्रश्न, कुनै घटना र वास्तविकतालई पुष्टि गर्नको लागि कारण र असर उल्लेख गर्नुपर्ने प्रश्न, उम्मेदवारको बुझाई एवं प्रयोग गर्ने क्षमतालाई जाँच्न छोटो उत्तर आउने प्रश्न र समस्या सामाधान सम्बन्धि प्रश्न सोध्ने गर्दछ ।

लोकसेवाले विषयगत प्रश्न निर्माण गर्दा ध्यान दिनुपर्ने कुराको व्यवस्था गरेको छ । विषयगत प्रश्न निर्माण गर्दा संज्ञानात्मक तह अनुसार ज्ञान, बोध, प्रयोग ,विश्लेषण, संश्लेषण र मूल्याङकन् तहका उपलब्धी जाँच्ने गरी प्रश्न निर्माण गर्नुपर्ने, विवादास्पद, बहुअर्थ लाग्ने र अस्पष्ट प्रश्न सोध्नु हुँदैन ,

प्रश्नसंगै आउने पूरुक प्रश्नहरु एक अर्कोसंग पूर्ण रुपमा सम्बनिधत हुनुपर्दछ , उम्मेदवारको सिर्जनात्मक प्रतिभा, मौलिकता जाँच्ने र निर्दिष्ट गरिएको सेवा समूहको पाठ्यक्रम र सोको उद्धेश्यलाई आधार मानी निर्धारण गरिएको समयभित्र उत्तर दिने प्रश्न समावेश गर्नुपर्छ, पाठ्यक्रमको सबै खण्डबाट प्रश्न निर्माण गर्नुपर्दछ ,

एउटै प्रश्नमा टुक्रे प्रश्न भएमा प्रत्येक टुक्रे प्रश्नको अंकभार टुट्याई प्रश्नसाथ Marking Scheme संलग्न गरी पठाउनु पर्दछ , उपसचिव र सहसचिवको समस्या सामाधानको प्रश्न निर्माण गर्दा ४ वटा विषयक्षेत्रहरुमा केन्द्रित रहेर उत्तर लेख्नुपर्ने हुँदा उक्त प्रत्येक ४ विषय क्षेत्रहरुमा के के विषयवस्तु (उत्तर) समेटिनु पर्दछ

त्यसका सम्भावित बुँदाहरु उल्लेख गरी चारवटै विषयक्षेत्रको अंकभार विभाजन समेत गर्नुपर्दछ । जस्तै ः२५ अंकभार भएकोमा ४ वटामा ५ं५ं८ं७ आदि तरिकाले प्रश्नमै उल्लेख गरिदिनुपर्दछ ।

प्रश्नपत्रको परिमार्जन गर्ने
विषय विशेषयज्ञबाट निर्माण भई आएका प्रश्नहरुको परिमार्जन आवश्यकता अनुसार एक वा एक भन्दा बढी विशेषयज्ञबाट गराउने व्यवस्था छ ।

प्रश्नपत्रको परिमार्जन गर्दा सबै पाठ्यांशबाट समावेश गर्नुपर्ने र तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख्न सक्ने किसिमको हुनुपर्दछ । प्रश्न परिमार्जन गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछ,

विवादस्पद तथा दुविधायुक्त प्रश्न नराख्ने , पाठ्यक्रम भन्दा बाहिरका प्रश्न नराख्ने , सम्बन्धित पदको स्तरसंग मिल्ने प्रश्न राख्ने, एक सेट प्रश्न भित्र प्रश्न नदोहोरिने गरी तयार गर्ने जस्ता कुरामा ध्यान दिनुपर्दछ । प्रश्न परिमार्जन गर्दा प्रयोग गर्न अनुपयुक्त देखिएमा त्यस्ता प्रश्नहरु धुलाउने ब्यवस्था छ ।

प्रश्नपत्रको भण्डारण गर्ने
परिमार्जन भएका प्रश्नपत्रहरु भण्डारण गर्न आयोगमा एउटा प्रश्नपत्र भण्डार हुन्छ । (Question Bank ) आयोगको सचिवको रेखदेख र नियन्त्रणमा सम्बन्धित महाशाखा प्रमुख सहसमिचवको जिम्मामा रहन्छ । (Question Bank) मा भएका प्रश्नपत्र समयमा परिमार्जन गरी पुनः प्रयोग गर्न सकिन्छ ।

प्रश्नपत्रको छनौट गर्ने र छपाई गर्ने
एउटा विषयको समान स्तरको ३ सेट प्रश्नपत्र मध्ये बाट लिखित परीक्षामा प्रयोग गरिने प्रश्नपत्रको एक सेट आयोगको अध्ययक्षबाट छनौट हुने गर्दछ । अध्ययक्षबाट छनौट भएको प्रश्नपत्रको छपाई आयोगको केन्द्रिय कार्यलयमा सचिवले तोकेको कर्मचारीले र आयोगको क्षेत्रीय तथा अंचल कार्यलयमा सम्बन्धित कार्यलय प्रमुखले आयोगको केन्द्रिय कार्यलयको प्रतिनिधिको रोहवरमा गर्नु गराउनु पर्ने ब्यवस्था छ ।

लिखित परीक्षा लिने
प्रश्नपत्रको छनौट एवं छपाई पछि उम्मेदवार छनौट गर्न लोकसेवा आयोगले लिखित परीक्षा संचालन गर्दछ ।

उत्तरपुस्तिका पहिलो संकेत (कोड) राख्ने

लिखित परीक्षा सम्पन्न भएपछि सबै परीक्षाकेन्द्रको उत्तरपुस्तिकाहरु संकलन गरेर सबै उत्तरपुस्तिकालाई तलमाथि पारी छासमिस गरेर पहिलो कोड राख्ने ब्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड केन्द्रिय कार्यलयमा सम्बन्धित महाशाखा प्रमुख सहसचिवले र क्षेत्रीय तथा अञ्चल कार्यलयमा आयोगको केन्द्रिय कार्यलयको प्रतिनिधिको रोहवरमा सम्बन्धित कार्यलय प्रमुखले राख्ने ब्यवस्था छ ।

उत्तरपुस्तिकाको दोस्रो संकेत (कोड) राख्ने

पहिलो कोड राखेको उत्तरपुस्तिकालाई तलमाथि पारी छासमिस गरेर आयोगको सचिवले तोकेको अधिकृत कर्मचारीले दास्रो कोड राख्ने ब्यवस्थ छ । उत्तरपुस्तिकामा पहिलो कोड राख्दा कालो मसी र दोस्रो कोड राख्दा रातो मसी प्रयोग गर्ने ब्यवस्था छ ।

उत्तरपुस्तिकामा राखेको पहिलो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको सचिव वा निजले तोकेको कर्मचारीको जिम्मामा र दोस्रो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको अध्ययक्ष वा निजले तोकेको कर्मचारीको जिम्मामा रहने गर्दछ ।

उत्तरपुस्तिकाका परीक्षण गर्ने

लोकसेवा आयोगले लिने परीक्षाको उत्तरपुस्तिकाको परीक्षण सम्बन्धित विषयको विशेषयज्ञबाट गराउने ब्यवस्था छ । उत्तरपुस्तिका परीक्षण गर्न एक पोकालाई सामान्यतया २० दिनको समय दिने र तोकिएको समयभित्र उत्तरपुस्तिका परीक्षण गरी पठाएमा पारिश्रमिक २० प्रतिशत थप गर्ने ब्यवस्था छ ।

सम्बन्धित विषय विशेषज्ञलाई उत्तरपुस्तिका परीक्षण गर्न पठाउँदा सम्बनिधत विषयको प्रश्नपत्र , उत्तर तालिका फारम, विशेषज्ञले पालना गर्नुपर्ने शर्तहरु र राजपत्रअनंकित पदको गााइड लाइन संलग्न गरी गोप्य रुपमा बुझाउने ब्यवस्था छ ।

उत्तरपुस्तिका परीक्षण गरेपछि परीक्षकले उत्तरतालिका फारममा प्राप्त कोष्ठकलाई अंक र अक्षरमा उल्लेख गरी पठाउनु पर्दछ । लोकसेवा आयेगले विषयगत प्रश्नका उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले निम्न कुरामा ध्यान दिनुपर्दछ :

वस्तुनिष्ठ रुपमा उत्तरपुस्तिका परीक्षण गर्नका लागि उत्तरपुस्तिकाको स्तर निर्धारण गरी उत्तरपुस्तिका परीक्षण आधार तालिका अनुसार परीक्षण गर्नुपर्दछ ।

 विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा अपनाउनुपर्ने आधारहरु पूर्णाङ्क ५ अङ्क विभाजन एक उदाहरण      पूर्णाङ्क   १०   अङ्क विभाजन एक उदाहरण      पूर्णाङ्क अङ्क विभाजन एक उदाहरण      पूर्णाङ्कक २५    अंक विभाजन एक उदाहरण
क)विषयज्ञानको तथ्यपूर्ण तर्क पूर्ण अभिव्यक्ति ७५५ ३.७५ ४५५ ४.५० ३५५ ४.२५ ३०५ ७.५०
ख)मौलिकता ५५ .२५ ३०५ ३.०० ३५५ ५.२५ ३०५ ७.५०
ग)समाचोलना तथा आलो चना ५५ .२५ १५५ १.५० २०५ ३.०० २५५ ६.२५
घ)प्रस्तुसतीकरण  १०५ .५० ५५ .५० ५५ .७५ १०५ २.५०
ङ)शुद्धाशुद्धितथा सफाई ५५ .२५ ५५ .५० ५५ .७५ ५५ १.२५

उत्तरपुस्तिकाको रुजु गर्ने
विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका आयोगमा रुजु गरी राख्ने ब्यवस्था छ । उत्तरपुस्तिका रुजु गर्दा निम्न कुरालाई ध्यान दिनुपर्ने ब्यवस्था छ : उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अंक दिइएको छ छैन, परीक्षकले दिएका सबै अंकहरु ठीकसंग जोडिएको छ छैन ।

उत्तरपुस्तिकाको सम्परीक्षण गर्ने
लोकसेवाले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका मध्ये सबै वा केहि उत्तरपुस्तिका सम्परीक्षण गराउन सक्दछ ।

उत्तरपुस्तिकाको पुनः परीक्षण गर्ने
उत्तरपुस्तिका सम्परीक्षण गर्दा विशेषज्ञले पालना गर्नुपर्ने शर्तहरु पालना नगरेको पाइएमा त्यस्ता उत्तरपुस्तिका लोकसेवाले पुनः परीक्षण गराउन सक्दछ । तर लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि लोकसेवाले उत्तरपुस्तिकाको पुनः परीक्षण गराउदैन ।

लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने
उत्तरपुस्तिकाको परीक्षण, रुजु एवं आवश्यकता अनुसार सम्परीक्षण तथा पुन : परीक्षण पश्चात लोकसेवाले उम्मेदवनको वर्णानुक्रम अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्दछ ।

पुनर्योगको ब्यवस्था
लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गर्ने लिखित परीक्षामा तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर तिरेर लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्रमा लोकसेवा आयोगको सम्बन्धित कार्यलयमा निवेदन दिन सक्दछ ।

पुनर्योगको लागि यसरी निवेदन आएमा लोकसेवा आयोगले पुनर्योग गरी निवेदकलाई सोको नतिजा जानकारी गराउदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *