बागलुङको गलकोटमा अस्थायी कोरोना अस्पतालको स्तराेन्नती

काैरव खत्री
बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा न ५ स्थित गल्कोट नगर अस्पतालमा कोभिड १९ को पहिलो चरणको महामारीमा स्थापना गरिएको कोभिड अस्पतालाई स्तराेन्नती गरी अक्सिजनसहितको ११ शैयाको अस्थायी कोरोना अस्पताल निर्माण गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर गलकोटमा पनि तीव्र गतिमा फैलिरहेको भन्दै गलकोट नगरपालिकाले गलकोट नगरअस्पतालमा रहेको कोभिड अस्पताललाई स्तराेन्नती गरी ११ शैयाको अक्सिजनसहितको आइशोलेसनसहित अस्पताल निर्माण गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

अस्पतालमा २ जना डाक्टर १ जना नर्स १ जना कार्यलय सहयोगी र एम्बुलेन्ससहितको सेवाको लागि एम्बुलेन्स चालकको  व्यवस्था गरिएको गल्कोट नगरपालिका बडा न ५ का वडा अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो ।


नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोट नगरपालिकाले पनि अक्सिजनसहितको ११ शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारको आवश्यक परेमा अन्यत्र गल्कोट नगर अस्पताल का प्रमुख डा . निक्सन ड्गोल ले जानकारी दिनुभयो । अस्पताल मा अहिले सानो ठूलो गरि १६ बटा अक्सिजन रहेका छन् ।

अस्पताललाई आबश्यक पर्ने सिलिन्डर विभिन्न दाता हरु बाट सहयोग प्राप्त भयको छ । जस मध्य ५ वटा ठुलो सिलिन्डर मञ्जेश बम मल्लले र अन्य ४ वटा ठुलो २ वटा सानो सिलिन्डर गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, इलाका प्रहरी कार्यलय र व्यवसायी केयरसिँह खत्री , योगेस भण्डारी को सहयोगमा संकलन गरिएको थियो ।

नगरपालिकाले नगरक्षेत्रमा कोरोनको गति तीव्र रुपमा फैलिरहेकोले सम्पूर्ण नगरबासीमा सचेत रहन आग्रहसमेत गरेको छ । नगरपालिकाले स्वास्थ्यमा केहि समस्या परेमा कोरोना अस्थायी अस्पतालका डाक्टरलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

नगरबासीलाई स्वास्थ्यमा केही समस्या भएमा ९८६०१५२३३३, ९८४९०२८२४०,९८५७६४०७५१ र ९८५७६५६५२९ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.