बिमलाको बयान : मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबरजस्ती हस्ताक्षर गराइयो !

बुटवल। लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य विमला खत्री ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर विभिन्न दस्तावेज र विज्ञप्तिमा हस्ताक्षर गराएको बताएकी छिन् ।

आज बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद ओलीले आफूलाई साउन १५ गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर साउन १९ गते विज्ञप्ति जारी गराएको दाबी गरेकी छिन् ।

‘मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइयो,’ उनले भनिन्, ‘थप केही माइन्युटमा पनि हस्ताक्षर गराइएको छ । तर, त्यो डकुमेन्ट के थियो मलाई थाहा भएन ।’

Leave a Reply

Your email address will not be published.