नेपाल टेलिभिजनका अध्यक्ष विष्टले किन दिए राजीनामा ?

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार हटेपछि विष्टले राजीनामा दिएका हुन् ।

विष्टले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

३ वर्षे कार्यकाल पूरा गरेका विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराएका थिए ।

राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनले बताए । पदबाट राजीनामा दिएकोमा देउवाले विष्टलाई धन्यवाद दिए ।

याे पनि, लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ । लुम्विनी प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ गतेका लागि तोकिएको जनाएको हो ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशनको मिति तोक्नुभएको जनाएको हो ।

यही साउन १८ गते सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *