रामकुमारीसँग रिसाए रावल, बैठकमा मुखमुखै लागिन् झाँक्री दीदी ..

काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । खनाल–नेपाल पक्षको बैठकमा आजबाट केन्द्रीय नेताहरुले बोल्न सुरु गरेका छन् ।

बैठकमा सबै भन्दा पहिला नेता माधवकुमार नेपाल बोलेका थिए । त्यसपछि भिम रावल बोलेका थिए । केन्द्रीय कमिटीको बैठकमा भिम रावलले एकता हुन नसक्नुको प्रमुख कारण केपी ओली भएको ब्रिफिङ गरेका थिए ।

रावलले ओलीका कारण उनको टिम नै हैरानीमा परेको बताएका थिए । नेपाल र रावलका कुरा सुनेपछि केन्द्रीय सदस्य रामकुमारी झाक्रीले आफ्नो बोल्ने पालोमा कुनै नेताको नाम नलिएर बैठकमा यति राम्रा कुरा गर्नु हुन्छ

तर अरु समयमा पत्रकारसंग प्रमुख नेतृत्वलाई अप्ठेरो पार्ने गरी अभिव्यक्ति दिनु हुन्छ भने पछि रावल झाक्रीसंग रिसाएका एक केन्द्रीय सदस्यले बताए ।

रावलले उनको कुरा सुनेपछि कसलाई हो यो भन्न खोजेको भन्दै प्रतिप्रश्न गरेका थिए । बोल्ने विषयमा जगनाथ खतिवडा र रावलबीच पनि खटपट भएको बताइएको छ ।

खतिवडाले सबै केन्द्रीय सदस्यलाई पुरा पुरा समय बोल्न दिनु पर्ने माग राख्दा रावलले कोराना छ धेरै लामो किन बोल्नु प¥यो भनेर भनेका थिए ।

रावलको जवाफमा खतिवडाले कोरोना सर्नेलाई सरेको छ । हल ठूलो छ । टाढा टाढा बस्छौ तर बोल्न पाउनु पर्छ भनेका एक सदस्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *