सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई सिफारिस गरेको छ ।

स्वास्थ्य मन्त्रालयले विद्यार्थीको पढाइ र परीक्षा भन्दा स्वास्थ्य महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै सबै किसिमका परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट्रमार्फत जानकारी दिएका छन् ।

कोभिड–१९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै उनले ट्विटरमा लेखेका छन्,

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु ।’

शुक्रबार देशभर कोरोना भाइरसका ३ हजार ७२९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७०१ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ४७१ जना, ललितपुरमा १४७ जना र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् ।

अघिल्लो दिन काठमाडौं उपत्यकामा ७६६ जना संक्रमित थपिएका थिए । हजो बिहीबार काठमाडौंमा ७६६ जना, ललितपुरमा १६३ जना र भक्तपुरमा १४६ जना संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *