एसईई नतिजा भर्खरै प्रकाशित – माेवाइलबाट यसरी हेर्नुहोस् रिजल्ट

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गरेको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशन गरेको छ।

आज (शनिबार) बसेको बोर्डको बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण तत्काललाई परीक्षा रोकिएको हो। पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ।

सोही बैठकले २०७७ को एसईईको नतिजा पनि प्रकाशन गर्ने निर्णय गरेको हो। एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np बाट हेर्न सकिनेछ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गरेको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गरेको छ ।

बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा. लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले एसईईको नजिता निकाल्न गत वर्षजस्तै सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न दिएको थियो। सोहीबमोजिम बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *