ह्वात्तै घट्याे नम्बरी सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आइतबार सुनको भाउमा भारी गिरावट आएको छ । सुनको मूल्यमा एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकेको छ । आइतबार बजारमा यही मूल्यका आधारमा सुन खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *