हेर्नुस् प्रियंका कार्कीकाे संस्कारी फाेटाे, कट्टु लगाएकाे राम्राे कि पहेंलाे सारी (तस्बिर सहित)

काठमाडौं। अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन्। कला भन्दा बढी चर्तिकला देखाएर उनी चर्चामा रहिरहन्छिन् । मिडियामा उनकाे परिचर्चा अब सदाबहार जस्ताे नै बनिसकेकाे छ । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा पनि निकै नै सक्रिय छिन्।

नायिका कार्की अहिले गर्भवती छिन्। गर्भावस्थामा उनले देखाएका हर्कतका तस्विरले सामाजिक सञ्जालमा एक खालकाे बहस नै सिर्जना गरेकाे छ । उनी गर्भवती भएदेखि नै बिभिन्न कारणले चर्चामा छिन्, खास गरी उनका तस्विरका कारण ।

उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । त्यतिखेरकाे उनकाे उत्ताउलाे तस्विरले पनि उत्पादै मच्यायाे सामाजिक सञ्जालमा धेरैले आलोचना गरे ।

आमा बन्ने मिति नजिकिदैँ गएपछि उनको घरमा नयाँ परिवारको सदस्यको स्वागतमा दही चिउरा कार्यक्रमको आयोजना गरियो । सधै ग्लामर्स लुक्समा देखिएर गालि खाने प्रियंका आज भने पहेँलो साडीमा देखिएकी छिन्।

Leave a Reply

Your email address will not be published.