अनलाइन सिकाइ र अबको बाटो

अर्मान मियाँ
प्रविधिको विकास र कोरोना महामारी सँगै बालबालिकाहरु अनलाइन सिकाइको अवस्थामा छन् । अहिले प्रविधिको सहज पहुँच भएका ग्रामिण तथा शहरी क्षेत्रका बालबालिकाहरु अनलाइन बाट शिक्षा लिइरहेको अवस्था हो ।

वर्तमान समय ज्यादै संवेदनशिल भएको कुरा सम्पुर्ण अभिभावकहरुले प्रत्यक्ष रुपमा अनुभव गरिरहेका छन् । आफ्नो सन्तानको उज्जवल भविष्यका लागि दिनरात मेहनत गरिरहने अभिभावहरुको मनमा अहिले बर्खा यामको वाढि जस्तै आफ्ना सन्तानहरु सहि शिकाइमा छन् कि छैनन् भनेर धमिलो अवस्थामा रहेका छन् ।

अधिकांस विद्यालयहरुले अनलाइन शिक्षाको सुरुवात गरे सँगै विभिन्न प्रकारका अनलाइन एपहरुको प्रयोग गरेर घरमा बसेर नै शिक्षा लिने व्यवस्था मिलाइरहेका छन् । घरमा विहान् वेलुकीको छाक टार्न समेत गाह्रो हुने अभिभावक देखि लिएर उच्च आय भएका परिवार सबैले आफ्ना सन्तानहरुलाइ अनलाइन शिक्षाका लागि मेहनत गरिरहेको हामि देख्न सक्छौँ ।

यस्तो अवस्थामा के साच्चिकै हाम्रा बालबालिकाहरु सहि शिक्षा प्राप्त गरिरहेका छन् भन्ने प्रश्न नै सबैभन्दा महत्वपुर्ण रहेको छ । माइक्रोसफ्ट टिम , जुम , गुगल मिट लगाएतका एपहरुको प्रयोग व्यापक रुपमा शैक्षिक संस्थाहरुले गरिरहेका छन् । यि अनलाइन एपहरुले बालबालिकाहरुलाइ शिक्षा सँग नजिक बनाइरहेको अवस्था हो ।

सामान्य तालिम पश्चात शिक्षक तथा विद्यार्थिहरुले यि एपहरुबाट शिक्षा लिने तथा परिक्षा समेत दिन सक्छन् । अनलाइन पढ्ने, गृहकार्य प्राप्त गर्ने, रेर्केड भएका कक्षाहरु पुनः पढ्ने, गृहकार्य बुझाउने, परिक्षा दिने, परिक्षाफल हेर्ने लगाएतका क्रियाकलापहरु यस्ता किसीमका एपहरुबा सजिलै सँग गर्न सकिन्छ ।

केहि विद्यालय तथा कलेजहरु अनलाइन शिकाइमा राम्रो गर्न सफल भएका छन् । प्रविधिको राम्रो ज्ञान भएका शिक्षकहरुले शैक्षिक सामाग्रीहरु तयार पारेर सिकाइ रहेका छन् । तर विडम्बना भनेको नेपाल जस्तो ग्रामिण क्षेत्र बढि रहेको र विकासोन्मुख रहेको देशमा अनलाइन पढाउने कुरा ज्यादै टाउको दुखाइको विषय बनेको छ ।

सामुदायिक विद्यालयहरुको विगतका समयमा भएका खस्कदो शैक्षिक अवस्था, अंग्रेजी माध्यमको पढाई र संस्थागत विद्यालयहरु प्रतिको अभिभावकको मोहका कारण सामुदायीक विद्यालयहरु पहिले देखि नै कमजोर अवस्थामा छन् ।

देशका कैयौँ सामुदायिक विद्यालयहरु त मर्ज भएका छन् भने केहि विद्यालयहरु मर्ज हुने अवस्थामा छन् । विद्युत दिनमा पटक पटक जाने समस्या , देशमा भएका इन्टरनेट सेवा प्रादक हरुको महंगो शुल्क साथै कम गुणस्तरको नेट ।

नेपाल टेलिकम तथा एनसेल लगाएतका सिमहरुले दिने महंगो डेटा अनलाइन शिक्षाको सबैभन्दा ठुला समस्या तथा चुनौतिहरु हुन् । विद्यार्थिहरु गुणस्तरीय र शुलभ इन्टरनेट , मोबाइल तथा ल्यापटपको समस्या नै सबैभन्दा ठुलो समस्या हो ।

कोरोना महामारी अझै कति समय सम्म हुने , अझै कति समय सम्म विद्यालय तथा कलेजहरु नखुल्ने भन्ने कुरा यकिन गर्न गाह्रो छ । खोप लगाएकाहरुमा पनि नयाँ नयाँ भेरियन्टा कोरोना देखा परेको हुदाँ यो ज्यादै जटिल समस्या भएको छ भने विद्यार्थिहरु अहिले सम्म खोप लगाउन पाएका छैनन् ।

दुइ तिहाइको जनमत पाएको कम्युनिष्ट सरकार ढलिसकेपछि अदालत बाट कांग्रेसले लगाएतका दलहरु मिलेर संयुक्त सरकार बनाएको वर्तमान परिपेक्ष हो । यस सरकार सँग जनताका धेरै आशाहरु रहेका छन् । अबको बाटो भनेको सर्वप्रथम सम्पुर्ण शिक्षक तथा विद्यार्थिहरुले कोरोना विरुद्धको खोप पाउनुपर्ने । ततपश्चात सामुदायिक विद्यालयहरुमा शिक्षकहरुलाइ अनलाइन कक्षा कसरी सञ्चालन गर्ने कसरी पाठन सामाग्री तयार पार्ने भन्ने विषयमा तालिम दिन जरुरी छ ।

केहि नयाँ शिक्षकहरुलाइ करारमा नियुक्ति गरेर त्यस्ता किसीमका पाठन सामाग्री तयार गर्न छिटो कदम चालिहाल्नु पर्ने देखिन्छ । नेपाल सरकारले नेपाल टेलिकम , एनसेल लगाएतका दुरसञ्चार संस्थाहरु सँग समन्वय गरि सस्तो तथा पढाइ सँग सम्बन्धित एपहरु निशुल्क रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन जरुरी छ ।

नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरुसँग सहकार्य गरेर शुलभ तथा गुणस्तरीय इन्टरनेट पुराउन पहल गर्नुपर्दछ । नेपालका गाउगाउमा इन्टरनेट सुविधा पुराउनका लागि ठोस कदम चाल्नु जरुरी छ ।

अनलाइन सिकाइलाइ प्रभावकारी ढंगबाट सञ्चालन गर्ने सकेको खण्डमा देशले नयाँ दिशा प्राप्त गर्ने छन् । कलेज पढ्ने विद्यार्थिहरुका लागि बिना व्याजमा ल्यापटप किन्नका लागि ऋण प्रदान गर्ने व्यवस्था मिलाउन जरुरी छ । शिक्षा मन्त्रालयले पाठ्यक्रमहरुलाइ परिमार्जन गरि अनलाइ माध्यमबाट पठन पाठन गर्न सकिने निर्माण गर्ने जरुरी छ ।

अनलाइन सिकाइका क्रममा विभिन्न खालका वेवसाइटहरुमा प्रवेश गर्ने , सामाजिक संञ्जालमा रमाउने , विभिन्न खालका अनलाइन गेमहरुको नसामा पर्ने खालका समस्याहरु देखा परेका छन् । अनलाइ सुरक्षाका लागि अत्याधिक सावधानी समेत अपनाउनुपर्ने हुन्छ ।

हाम्रा नानिबाबुहरु कस्ता खालका क्रियाकलापहरुमा वढि व्यस्त भएका छन् उनिहरु के गरिरहेका छन् भन्ने कुरामा पनि अभिभावकहरु ज्यादै सचेत हुनुपर्ने देखिन्छ ।

सनो उमेरका बालबालिकाहरु अनलाइमा विभिन्न क्रियाकलापहरु गरिरहदाँ उनीहरुलाई अनलाइन बाट पनि दुव्र्यवहार भइरहेको समेत हुन् सक्छ, उनीहरु जानेर नजानेर इन्टरनेट बाट हुने दुव्र्यवहारका शिकार समेत भइरहेका हुन् सक्दछन् ।

यस्ता कुराहरु न्युनिकरणका लागि सञ्चारमाध्यमहरुबाट जनचेतनामुलक कार्यक्रम गर्ने सरकारले अनलाइन सुरक्षाका भिडियोहरु तयार पारी प्रशारण गर्ने गर्नुपर्दछ । होइन भने अनलाइन वरदान नभइ अभिशाप सावित हुन् सक्दछ । यस्ता कुराहरुमा हामि सबै सचेत हुनुपर्दछ ।

यसरी अनलाइन शिक्षालाइ अघि बढाउन सक्यौ भने हामि अनलाइन बाट धेरै कुराहरु सिक्न र देशलाइ प्रविधिका क्षेत्रमा अघि बढाउन ज्यादै सजिलो हुनेछ ।

बर्तमान समय भनेको विज्ञान तथा प्रविधिको युग हो यस युगमा हामि बैद्धिक सम्पतिको विक्री गर्न सक्नुपर्दछ । टैक्नोलोजिको विकास गर्ने र अघि बढ्नका लागि समेत यस कोरोना महामारीको समय ज्यादै फलदाय सावित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *