गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आज आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए ।

यसअघि सार्वजनिक भएको कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत लैजाने भनिए पनि उक्त बुँदालाई संशोधन गरेर सरकारले प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाइने उल्लेख गरेको छ ।

स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउने विषयप्रति जनस्तरबाटै विरोध भएपछि संशोधन गरिएको हो ।

त्यस्तै स्वास्थ्य सामग्री खरीद प्रक्रियामा भएको अनियमितताबारे छानविन गरी दोषीलाई कारबाही गर्ने, सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्नेलगायत विषय समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published.