ओलीसँग पार्टी एकता नर्गन माधवकुमार नेपाललाई बाबुराम भट्टराईकाे ‘टुनामुना’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकता नगर्न सुझाब दिएका छन् । भट्टराईले सामाजिक सञ्चाल मार्फत एकता नर्गन सुझाब दिएका हुन् ।

नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकता गर्ने तयारीमा जुटिरहेका बेला यस्तो भनाइ आएको हो । भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिइकनै नेपाललाई नै संकेत गर्दै यस्तो भनेका हुन् । उनले लेखेका छन् ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा।

भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर ह त्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मा र्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’

Leave a Reply

Your email address will not be published.