भारी घट्याे आज पनि सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९० हजार रूपैयाँमा कारोबार भएको थियाे । तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

आज साबिक दिनकाे तुलनामा १ हजार रूपैयाँ घटेकाे छ । हिजाे प्रतिताेला १५ सय रूपैयाँले घटेकाे थियाे । पछिल्लाे २ दिनमा २५ सय रूपैयाँले सुनकाे भाउ घटेकाे छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *