एमालेमा माकुनेकाे गुट नै आउट, पूर्वमाओवादी नेताहरुले पाए यति ठूलो जिम्मेवारी हेर्नुस् ! सूचीसहित

काठमाडौं। नेकपा एमालेको विधान संशोधन मस्यौदा कार्यदलले अब पार्टीमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

पार्टीका उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठिन कार्यदलले यो नयाँ व्यवस्था प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आजै बसेको एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ भने त्यसपछि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

त्यसैगरी एमालेको संशोधित विधानमा प्रस्तावमा २२५ जनाको केन्द्रीय कमिटी, उपाध्यक्ष घट्ने, सचिव बढ्ने व्यवस्था पनि गरिएको छ । संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइएको छ भने पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

यसैगरी पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ ।

स्थायी किमिटीबाट पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुने छ ।

नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

मस्यौदा समितिहरू यस प्रकार प्रस्ताव गरिएका छन् ।

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति
संयोजकः रामवहादुरथापा बादल

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

Leave a Reply

Your email address will not be published.