कर्मचारीले पाउने भए ओली सरकारले बढाएकाे तलब, मन्त्रिपरिषदद्वारा कर्मचारीको नयाँ तलबमान स्वीकृत

काठमाडौं । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारले साउन एक गतेदेखि सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलब बढाएको थियो ।

बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै माथिल्लो त्रिशुली जलविद्युत आयोजना जग्गा प्राप्तिका गर्ने र प्रारम्भिक आयोजना चलाउन सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई अधिकारी तोक्ने निर्णय गरेको छ । सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ संशोधन मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने बैठकले निर्णय गरेको छ ।

बैठकले नेपाल कृषि तथा बन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अनुसार साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *