महाधिवेशन समयमै गर्न नसकिए सबै दोष नेतृत्वले लिनुपर्छ : डा. भण्डारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारीले समयमै कांग्रेसको महाधिवेशन गर्न नसकिए त्यसको सम्पूर्ण दोष नेतृत्वले लिनुपर्ने बताएका छन् ।

पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गर्दै उनले भने, ‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन् । अहिले कोरोनाको महामारी छ । गाउँगाउँमा विरामी छन् ।

यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला । तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होइन, यस्तो भन्नका लागि ।’

डा. भण्डारीले तोकिएकै समयमा महाधिवेशन हुन नसके यसको दोष नेतृत्वले लिनुपर्ने पनि बताए । उनले भने, ‘चार जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्न सक्छन्,

मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ ।’ उनले अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने पनि विश्वास व्यक्त गरे ।

यसैबीच उनले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने पनि बताएका छन् । अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको सुनाउँदै उनले काम गर्नका लागि धेरै मन्त्री नभए पनि हुने बताएका छन् ।

आकांक्षीहरू धेरै भएकाले त्यसबाट राम्रो र कामकाजी व्यक्ति छनोट गर्न खोज्दा मन्त्रिपरिषद् विस्तामा ढिलाइ भएको दाबी समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published.