कति छ आज सुन चाँदीकाे मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ८९ हजार रूपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँमा काराेबार भएकाेमा आज २ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकमा समेत आकर्षक बृद्धि देखिएको छ। मंगलबार पनि बजार ५१ अंकले बढ्दा नेप्सेले नयाँ उचाइ कायम गरेको छ।

यस दिन नेप्से सूचक ५१.९१ विन्दुले बढेर ३१६१.५६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १२.०९ अंकले बढेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो।

मंगलबार कारोबार रकम समेत १८ अर्ब नजिक पुगेको छ। यस दिन १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार पनि बिकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ। हाइड्रोपावर सेक्टरमा भने मंगलबार केही करेक्सन देखिएको छ।

यस दिन बिकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ८.०७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक पनि ६.७८ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूहको सूचक भने ०.०७ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमस्हको सूचकमध्ये १० उपसमूहको सूचक सकारामत्मक देखिउको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिन्छ।

मंगलबार १९ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीहरुमा अधिकाश फाइनान्स र विकास बैंक रहेका छन्। बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसिएफसि फाइनान्स लगायतको कम्पनीको शेयरमूल्य उच्च रुपले बढेको छ।

यसैगरी उच्च रुपले शेयरमूल्य घट्ने कम्पनीमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन साञ्जेन जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेको छ भने सिनजी पावरको ४.७१ प्रतिशत, खानिखोला हाइड्रोपावरको ४.२५ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ४.११ प्रतिशत र घलेम्दी हाइड्रोको ४.०२ प्रतिशतले घटेको छ।

मंगलबार अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै ८९ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख, अपि पावरको ५१ करोड ९२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख र अरुण कावेली हाइड्रोपावरको ४१ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *