पाल्पा । नेपाल प्रेस युनियन पाल्पाले पत्रकारबाटै पत्रकारलाई विभिन्न सामाजिक सञ्जालमा सां घा तिक आ क्र म ण गर्ने शैलीको भाषा प्रयोग गरेको प्रति दुःख व्यक्त गर्दै गम्भिर ध्यानाकर्षण गराएको छ ।
युनियन पाल्पा शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै युनियनका केन्द्रिय पारषद् , रेडियो पाल्पामा कार्यरत कर्मचारी तथा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल र युनियनका साधारण सदस्य तथा
कटुवाल खबरका संवाददाता प्रकाश ज्ञवालीलाई नाम नै किटान गरी सामुदायिक रेडियो रामपुरमा कार्यरत पत्रकार तथा नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला उपाध्यक्ष पवित्रा घिमिरे (सिर्जना)ले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर ग्रुपमा आप त्ति ज नक आसयका वाक्यहरु प्रयोग गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
पत्रकारबाटै नामै किटान गरि आ प त्तिजनक आसयका वाक्य प्रयोग गरिनु आफैमा गम्भिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘पत्रकार घिमिरेले म्यासेन्जरबाट प्रयोग गरिएका शब्दहरु पत्रकारिताको धर्म र मर्म विपरित रहेको युनियनको ठहर छ, क्रियाशिल पत्रकारलाई पत्रकारले नै गरेको व्यवहार आपत्तिजनक भएकाले सम्बन्धित सरोकारवाला संस्थाहरुको
पहलमा दुवै पक्ष विच छलफल गरि समस्या समाधान गर्ने प्रक्रिया अगाडी बढाउन युनियन जोडदार माग गर्दछ ।’ नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीद्वा रा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
पत्रकारद्वय दुर्गेश मल्ल र प्रकाश ज्ञवालीले पत्रकार घिमिरेले नेकपा एमाले रामपुर सा ई ब र सेल नामक म्यासेन्जर ग्रुपमा आफुहरुलाई नामै किटान गरि ‘ठिक पार्नु पर्छ’ भन्ने वाक्य प्रयोग गरेको भन्दै भविष्यमा हुन सक्ने
सम्भावित दुर्घ ट ना नहोस् र जिउ धनको सुरक्षा सहित दो षी उपर कानुनी का र वा हीको लागि पहल गरियोस् भन्दै नेपाल प्रेस युनियनमा निवेदन दर्ता गराएका थिए ।