मीनेन्द्र, गगन र शेखरसँग बालुवाटारमा प्रम देउवाकाे परामर्श

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.मीनेन्द्र रिजाल, गगन थापा र शेखर कोइरालासँग परामर्श गरेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक सरह पार्टीको १४औँ महाधिवेशन र अन्य विविध विषयमा डा.रिजाल, थापा र कोइरालासँग छलफल गरेका हुन् ।

कांग्रेस नेता डा.मीनेन्द्र रिजालले पार्टी सभापतिसँग दैनिक सरह भेट हुने गरेको बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रम बनाउँदा दैनिक रुपमा प्रधानमन्त्रीसँग सम्पर्कमा थिएँ ।

मेरो पार्टीको सभापतिसँग दैनिक सरह भेट हुन्छ’, उनले भने, ‘महाधिवेशन आएको छ । क्रियाशील सदस्यतादेखि महाधिवेशनको तयारीका विषयमा दैनिक सरहर परामर्श हुँदै आएको छ ।’

कांग्रेसको १४औँ महाधिवेशन भदौको १६ देखि १९ गते गर्ने कार्यक्रम छ । नेता रामचन्द्र पौडेल समूह महाधिवेशन तोकिएको समयमा गर्न दवाव दिँदै आएको छ ।

याे पनि, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद र एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल हुँदैछ ।

त्यसअघि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद र संसदीय दलको बैठक राखेका हुन् । आगामी कदमबारे रणनीति तय गर्न बुधबार बिहान बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद बैठकपछि एमालेको प्रदेश संसदीय दलको बैठक बस्नेछ । मन्त्रिपरिषद र संसदीय दलको बैठक मुख्यमन्त्री पोखरेलकै निवासमा बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *