विवाहको भीडले गाउँभर कोरोना

काठमाडौं । विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ ।

गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए । घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए ।

‘कोराना संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ ।’

उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *