‘भाइ फु टे गबार लु टे’ : पकापक ढल्दै एमाले सरकार, कहाँ–कहाँ लाग्याे धक्का ?

काठमाडौं । एमालेभित्रको आन्तरिक घर झ ग डाले केन्द्र सरकारसहित दुई वटा प्रदेशको सरकार गुमाएको छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्तासाझेदारबाट एमाले विपक्षी दल हुन पुगेको छ । एमालेको भागमा अब बागमती र प्रदेश नं. १ मात्रै छ । ती दुई प्रदेशका सरकार पनि सं क टको अवस्थामा छन् ।

तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले समयमा पार्टीभित्रको विवाद समाधान गरेको भए यति धेरै झड्का लाग्ने थिएन ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि पार्टीभित्रको वि वा द समाधान गर्न लचकता देखाउनुपर्ने थियो । ओली र नेपाल दुबै समूहको अ डा नले एमालेले क्षति व्यहोरेको छ ।

तत्कालीन नेकपा विभाजन भएको छ । एमाले पार्टी नै फुटको संघारमा छ । नेताहरूका बीच बोलचालनै छैन । पानी बाराबारकाे स्थिति छ । जलेकाे त आफ्नै घर हो तै पनि एमालेकै एउटा कित्ताले उत्सव मनाउँदै बल्ल खाइस खुच्चिङ भन्दैछन् ।

एमालेले बुधबार लुम्बिनी प्रदेश सरकार गुमाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।योसँगै केन्द्र, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले विपक्षी कित्तामा पुगेको छ । अब एमालेको नेतृत्वमा वाग्मती प्रदेश र प्रदेश १ मात्र बाँकी छ । यसअघि एमालेको केन्द्र र चारवटा प्रदेशमा नेतृत्व थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा पार्टी भित्रैबाट प्रश्न उठेपछि नेकपाभित्र कि च लो सुरु भएको थियो । त्यही कि च लो को परिणाम नेकपा विभाजनदेखि अहिले एमालेको हातमा रहेका सरकारहरू पनि क्रमश: गु मि रहेका हुन् ।

यसअघि, गण्डकी प्रदेश सरकार पनि एमालेले गुमाइसकेको छ । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पदबाट राजीनामा दिनु परेको थियो ।

पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रधानमन्त्री ओली समेत सरकार गुमाउनु परेको थियो । ओली पार्टी अध्यक्ष समेत रहेकाले एमालेको विवाद समाधान गर्न दायित्व पनि उनकै हो ।

ओलीले पार्टीभित्रको विवाद मिलाएपछि राम्रो हुनेछ । अन्यथा एमालेको झन् नाजुक अवस्था रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *