अभिनेत्री मनिषा काेइरालाकाे पार्टीबाट को–को उत्रिदैछन् राजनीतिक मैदानमा ? नामावली

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला अब राजनीतिक मैदानमा उत्रिने भएकी छन् । मनिषा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीहरुसँगै राजनीतिक मैदानमा उत्रिन लागेकी हुन् ।

मनिषा मात्र नभई विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा विद्वता प्राप्त गरेका थुप्रै व्यक्तिहरु राजनीतिक मैदानमा देखिँदै छन् । डा. रामप्रसाद उप्रेती, डा. मनोहरलाल श्रेष्ठ, डीबी बम्जन, अक्षता प्रधान लगायतका विद्वानहरु राजनीतिमा आउन लागेका हुन् ।

आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नयाँ राजनीतिक मोर्चा घोषणा हुँदैछ । त्यो मोर्चाको नामाकरण गर्ने कार्य भइरहेको छ । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीका अनुसार यो वृहत मोर्चाले धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाउँदै छ ।

कस्तो मोर्चा हुने र के नाम राख्ने भन्ने निक्र्योल बिहीबार साँझसम्म आउने जानकारी त्रिपाठीले दिएका छन् । यसअघि, साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ल्याएको धर्मनिरपेक्षता र संघीयताको खारेजीको प्रस्तावले अहिले राजनीतिक माहोल तताएको छ । त्यसले उत्पन्न तरंग सेलाउन नपाउँदै फेरि वृहत राजनीतिक मोर्चा घोषणाको चर्चा चलेको हो ।

Leave a Reply

Your email address will not be published.