त्रिविका परीक्षार्थीले खो प लगाउन पाउने, के के चाहिन्छ परिचय खुल्ने कागजात ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयस्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई को रो ना वि रु द्धको खो प दिने निर्णय गरेको छ ।

खो प लगाउन परीक्षार्थीले परीक्षाको प्रवेश पत्र देखाउनुपर्नेछ । स्वास्थ्य सेवा विभागका निर्देशक डा.तारानाथ पोखरेलले सातै प्रदेश र ७७ वटा जिल्लालाई परिपत्र गरेर त्रिविका परीक्षार्थीलाई को रो ना वि रु द्धको खो प दिन भनेका हुन् ।

‘विश्वविद्यालयका परीक्षार्थीका लागि काठमाडौंमा मात्र नभई सबै प्रदेशबाट को भि शि ल्ड, एस्ट्रजे निका वा भे रो से लको खो प उपलब्ध गराउने निर्णय भएको छ’, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘प्रदेशले तोकेका खो प केन्द्रबाट प्रवेशपत्र देखाएर खो प लिन सक्नुहुनेछ ।’

त्रिविका परीक्षार्थीलाई खो प दिनुपर्ने माग उठेका बेला राज्यमन्त्री श्रेष्ठले सो विषयलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published.