कहाँ कुन जातिको पुजारी ? कुन कुन मन्दिरमा छन् दलित पुजारी

१. बराहक्षेत्र मन्दिरमा कुनैपनि पर्वमा मगरलाई अगाडि राखिन्छ जसलाई कोठारी भनिन्छ । दशैमा पहिला कोठारीलाई टीका लगाएपछिमात्रै अरुका लागि टीका खुल्छ ।

२. मुक्तिनाथ मन्दिरमा प्राचिनकालदेखि भोटे, शेर्पा जातिको कन्या पुजिन्छ ! अनि भोटे र शेर्पा कसरी मुक्तिनाथ मन्दिरदेखि अलग भयो ?

३. काठमाडौंको विनायक मन्दिरमा नेवारको ज्यापु समुदायका पुजारी छन् ।
४. कन्केस्वरी इन्द्रायणी मन्दिरमा पोडे (नेवार समुदायको कथित तल्लो जात) जातिको पुजारी रहेका छन् ।

५. नेपालको जति पनि बली दिईने कोटहरू छन् सबै ठाउमा प्राय: मगर पुजारी रहेका छन् !
६. नेपालको प्रशिद्ध मन्दिर मनकामनामा २१ औँ पुस्तादेखि लगातार एकै घर परिवार भित्रको मगर जातिको पुजारी छन् !

७. स्याङ्गजाको चण्डीथान मन्दिरमा पनि मगर पुजारी रहेका छन्
८. स्याङ्जाको आलमदेवी मन्दिरमा मगर पुजारी छन् ।

९. दांगको बाह्रकुने ताल को बाराही मन्दिरमा घर्ती मगर पुजारी छन्
१०. धादिंगको सल्यानकोटको माई मन्दिरमा राना मगर पुजारी रहेका छन्

११. गोरखाको कालिका दरबारमा काली स्थापना गरेको ठाउँमा मगर पुजारीबाहेक अरु पस्न पाउँदैनन् ।
१२. ललितपुरको सानो हात्तीवनको माङहिम मन्दिरमा राई, याख्खा, सुनुवार र लिम्बूको लागि ४ अलग अलग ढोका छन् जसमा राई र लिम्बु पुजारी छन् !

१३. बाराको गढीमाई मन्दिर जहा १० हजार भन्दा बढी रागा, बोकाको बली दिईन्छ त्यहा थारू पुजारी रहेको छन् !
१४. सप्तरीको राज राजेश्वरी मन्दिरमा पनि थारू समुदाय कै पुजारी छन् ।

१५. ताप्लेजुंगको प्रशिद्ध मन्दिर पाथिभरा देवी वा किराती मुन्धुम अनुसार ‘मुलुमलुङमा’ मन्दिर लिम्बुजातीको संरक्षणमा छन् ! रिसिङ’ नाम गरेका लिम्बु ऋषि तपस्या गरेको भन्ने मान्यता छ ! पुजारी ब्राम्हण भएपनि लिम्बुहरुको रैथाने देवताको रूपमा मानिन्छ ।

१६. भेडेटारको देवीमन्दिरमा लिम्बु पुजारी रहेका छन् ।
१७. कालीकोटको देवी मन्दिरमा सार्की पुजारी छन् ।

१८. काठमाण्डौको दक्षिणकालीमा नेवार जातिको बज्राचार्य थरीका पुजारी छन् ।
१९. काठमाडौंको शोभा भगवतीमा पनि बज्राचार्य थर कै पुजारी छन् ।

२०. भक्तपुरको नवदुर्गा मन्दिरमा पनि नेवार कुल कै बज्रचार्यहरू पुजारी छन् ।
२१. काभ्रेको पलान्चोक भगवतीमा बज्राचार्य कुलका पुजारी छन् ।

२२. भद्रकाली मन्दिरमा नेवारी कुलका कर्माचार्य थरीका पुजारी छन् ।
२३. इलामको देवी मन्दिरमा पुजा गर्ने ब्राम्हण भएपनि पहिले त्यहा लिम्बु पुजारी थिए तर अहिले तामांग पुजारी बस्दछन् ।

२४. नुवाकोटको भैरवीमा पनि बज्राचार्य थर कै पुजारी रहेका छन् ।
२५. धनकुटाको जालपादेवी मन्दिर अर्थात छिन्तांग देवीको मन्दिरमा राई पुजारी छन् जहाँ महिला निषेधित छ ।

२६. धरानको बुढासुब्बा र विष्णुपादुकामा मन्दिरमा वली राना मगर पुजारी छन् ।
२७. सुदूरपश्चिम प्रदेशको डोटीको प्रसिद्ध शक्तिपीठ सालमुनी मन्दिरको पुजारी नै दलित समुदायका छन्।

२८. गुल्मीको जयखानीको ऐतिहासिक कोतमा पनि दलित पुजारी रहेका छन् ।
२९. घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा विश्वकर्मा थरीको एक महिला पुजारी छिन् ।

३०. बैतडीको वनारसी धाममा पनि दलित पुजारी रहेका छन् ।
३१. गुम्लीको ह्वाङदीमा रहेको व्रम्हाहस्त निशेल गौतम देवालयमा दलित पुजारी रहेको छन् ।

३२. चितवनको बिक्रम बाबा मन्दिरमा थारू पुजारी रहेको छन् ।
३३. बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरजँहा स्थित बाबाकुटी मन्दिरका पुजारी महमद थरीका मुस्लिम रहेका छन् ।

३४. तनहुको थानीमाई मन्दिरमा ३ जना मगर जातका पूजारीहरू छन् ।
३५. बन्दीपुरको खड्गदेवी मन्दिरमा कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने, नेवारहरुले मंगलधुन बजाई भजन किर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दमाईले मंगलधून र नगरा बजाउने,

सुनारले देवीका गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने र अन्य जातिकाले शोभायात्राभर सेवा, धूपबत्ती बाल्ने र गुरुङ समुदायले शोभायात्रामा पहरा र सुरक्षा दिने अनि उक्त रात चुड्का प्रदर्शन गर्ने गर्दछन ।

३६. हेटौंडा नगरको प्रसिद्ध देवी भूटनदेवी मन्दिरमा राई पुजारी छन् ।
३७. दुहवीको शिव मन्दिरमा थारू समुदायको पुजारी छन्

३८. लमजुंगको उत्तर कन्या मन्दिरमा घलेहरू नै पुजारी रहेका छन्
३९. भोजपुरको रक्तकाली , सतीदेवी, जाल्पादेवी मन्दिरमा राई पुजारी रहेका छन्

४०. तनहुको छाब्दि बहारमा नि मगर पुजारी रहेका छन्
४१. तनहुको थानी माइ मन्दिरमा तीन जना मगर पुजारीहरू रहेका छ्न साथै त्यस मन्दिरमा दुई जना भोटिनी दिदिबहिनीलाई देवी मानेर पुजा गरिन्छ।

४२. सुर्खेत देउतिवज्यै मन्दिरमा पनि थारू समुदायको पुजारी देख्न सकिन्छ
४३. कैलालीको कैलारि गा पा को बनदेवि भगवती मन्दिरमा थारू जातिका पुजारी छन।
४४. नवलपरासीको प्रसिद्द मन्दिर बाबा बरदगरिया जहाँ ११११०१ जना कन्याको पुजा गरिएको थियो त्यहापनि थारु पुजारि हुनुहुन्छ

४५. पाल्पाको श्री रणउजेश्रोरि मन्दिर जसले प्राचिन ईतिहास बोकेको छ त्यहा पहिले देखि नै नेवार पुजारि छ्न
४६. स्याङ्जाको आलमदेबि जहा शाह बंशीय राजाहरुले आफ्नो कुल पुजा गर्नुहुन्छ त्यहाको पुजारीपनि मगर रहेका छन्

Leave a Reply

Your email address will not be published.