धान बाली विज्ञ भोलामान सिंह बस्नेतको निधन

काठमाडौं । धान बाली विज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । ७१ वर्षीय बस्नेतको शनिबार चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बस्नेतलाई कोरोना संक्रमणको लक्षण देखिएपछि उपचारका लागि ओम अस्पाल भर्ना गरिएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा उनले सेवा पुर्‍याएका थिए ।
नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निणर्य गराउनमा उनको मुख्य भूमिका रहेको थियो ।

बस्नेत टेलिभिजन, रेडियो कृषि समाचार, सम्पादन एवं कृषि कार्यक्रम निर्माणमा समेत जोडिएका थिए ।
बस्नेतका श्रीमती र दुई छोरी छन् ।

याे पनि, पछिल्लो २४ घण्टामा एक हजार ९४७ जनामा को रो ना स ङ्क्र मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ६६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा स ङ्क्र म ण पुष्टि भएको हो ।

यस्तै, चार हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा स ङ्क्र म ण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२० जना को रो ना स ङ्क्र मि त निको भएका छन् भने स ङ्क्र म ण का कारण २० जनाको मृ त्यु भएको छ । योसँगै दश हजार २५९ जनाको मृ त्यु भइसकेको छ । अहिलेसम्म ९३.२ प्रतिशत  स ङ्क्र म ण मु क्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले को रो ना वि रु द्ध को खो प लगाएका छन् । नेपालमा अहिले ३९ हजार ४०५ जना स क्रि य स ङ्क्र मि त छन् । जसमा ७६० जना सघन कक्षमा र १८६ जना भे न्टिले ट रमा रहेर उपचार गराइरहनुभएको छ ।

त्यस्तै ३६ हजार दुई जना होम आ इ सोले शनमा, ३४ सय तीन जना संस्थागत आ इ सो ले शनमा र ४११ जना क्वा रे न्टा इनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.