गाउँपालिका उपाध्यक्ष शाहीले देवरलाई दिइन् सरकारी स्कुटर !

कालिकोट । कालिकोटकाे शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकि छन् ।

कार्यकाल संचालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छिन् । गाउँपालिकाको वजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आँसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानियले विरोध गरेका छन ।

‘राज्यको सम्पती जनताको सेवाको लागि प्रयोग गर्नु स्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन ।’ स्थानिय तिलक चौलगाँईले भने । शुभकालिका गाउँपालिकामा सडकनै पुगेको छैन, स्थानीय नागरिक सडकको पँहुचमा छैनन्,

अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महंगो स्कारपिर्यो गाडी खरिद गरेको छ । उपाध्यक्ष शाही स्कुटी देवरलाई जिम्मा लगाएर आफु चाँही गाउँपालिकाको स्कारपियो प्रयोग गर्दै आइरहेकी छन ।

उपाध्यक्ष शाहीले स्कुटर बिग्रेर एक वर्षदेखि मान्म बजारमा रहेको बताएकी छन । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केन्द्रबहादुर शाहीले लामोसमय देखी बिग्रेर थन्काइएको स्कुटर खोजी गरी मर्मत गर्न भनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *