ह्वात्तै बढ्याे सुनचाँदिकाे भाउ, कति छ आज ताेलाकाे मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा ८९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ५० रूपैयाँमा काराेबार भएकाेमा आज १ हजार रूपैयाँले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.