तनावका बेला भीम रावललाई कहाँबाट फुर्छ यस्ताे कविता ! फेरि लेखे ‘प्रवृति फेरिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने बताएका छन् ।

सामाजिक संजालमार्फत रावलले पार्टी कुनै व्यक्ति विशेषको नहुने र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमान्ने बताएका छन् ।

उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ । पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन ।’

थप संलग्न कविताबाटः

यता, नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर सचिव विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको बताएका छन् ।

त्यस्तै, उनले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न पनि अपिल गरेका छन् । नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको भन्दै यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने उल्लेख गरेका छन् ।

नेता माधव नेपाल पक्षका नेता विष्टले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने कामले राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने विष्टले बताएका छन् ।

सरकारले एमालेको नेपाल समूहलाई फुटाएरै भएपनि सरकार टिकाउन अध्यादेश ल्याउँदैछ ।

Leave a Reply

Your email address will not be published.