‘अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौं’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवनरक्षामा लाग्नुपर्ने बताएका छन् ।

राजनीतिक समस्या एक हदसम्म हल भएकाले पुनः त्यसलाई गिजोल्नतिर भन्दा पनि अब अस्पताल र होम आइसोलेशनमा जीवन मरणको दोसाँधमा छटपटाइरहेका कोरोना संक्रमितहरुको उपचार र जीवनरक्षमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन उनको आग्रह छ । उनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले चाहे अहिलेको समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सक्ने भन्दै सांसद थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिनुपर्छ । त्यसका लागि विपक्षी लगायत सबै राजनीतिक दलले सरकारलाई साथ दिनु अहिलेको आवश्इकता हो ।’

Leave a Reply

Your email address will not be published.