काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
बुधबार निर्वाचन आयोगमा माधव नेपालले नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । नयाँ पार्टीको नाम एमाले (समाजवादी) राखेर दिइएको निवेदनमा एमालेमा रहेका ५८ जनाको नाम छ भने बाँकी नयाँ अनुहार हुन् ।
हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली