अब ‘मेरो सेयर’को पासवर्ड युजर आफैँले परिवर्तन गर्न सक्ने, यस्ताे छ तिरका !

काठमाडौँ । अब ‘मेरो सेयर’ को पासवर्ड यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा  विकल्प थपेर यस्ताे सुविधा दिएकाे हाे ।

मेराे सेयरमा ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेपछि अब यूजर आफैँले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । शुक्रवारदेखि सो सेवा कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ ।

याे पनि खबर छ, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी(SPDL)को शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। कम्पनीले वितरण गर्न घोषणा गरेको १० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।

समायोजन पछिको कम्पनीको शेयर मूल्य ६३४ रुपैयाँ निर्धारण भएको छ। यसै समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ। बिहीबारको बजारमा कम्पनीको शेयर ६९७ रुपैयाँ रहेको थियो ।

थप खबर, मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा पहिलो म्युचुल फण्ड निष्काशन भएको छ। क्यापिटलले मेगा म्युचुअल फण्ड १ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।मेगा क्यापिटल मार्केट्स मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *