नेताहरूका लागि फर्निचर, कार्पेट किन्न १४ करोड खर्च

काठमाडाैं । विशिष्ट व्यक्ति (भिआइपी) का लागि फर्निचर, भान्साका अन्य सामाान र कार्पेट खरिदका लागि एक वर्षमा १४ करोड रुपैयाँ खर्च भएको छ ।

यो खर्च संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट भएको हो। उसले राष्ट्रपति, प्रधानमन्त्री निवाससँगै मन्त्री क्वार्टरको व्यवस्थापन गर्छ।

आर्थिक वर्ष २०७५÷७६ मा विशिष्ट व्यक्तिका लागि फर्निचर खरिदमा ५ करोड ७८ लाख खर्च भएकोमा २०७६÷७७ मा १४ करोड १७ लाख १७ हजार खर्च भएको महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा उल्लेख छ ।

‘विशिष्ट व्यक्तिले प्रयोग गरेका निवासमा विगतदेखिका सामानका बारेमा केही उल्लेख नगरी प्रत्येक वर्ष एकै प्रकृतिका सामान गरिद गरी उपलब्ध गराउँदै आएको छ,’ महालेखाले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा ाभनिाएको छ, ‘मापदण्ड स्वीकृत नगरेका कारण सामाानको गुणस्तर, परिमाण तथा खर्चमा एकरुपता हुन सकेको छैन ।’

विशिष्ट व्यक्तिका लागि आवश्यक पर्ने बजेट सम्बन्धीत निकायमा नै विनियोजन गर्न र सेवासुविधासम्बन्धी मापदण्ड बनाउन महालेखाले निर्देशन दिएको छ ।

याे पनि, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६र७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.