सामुदायिक रेडियोको कोरोना उपचार तथा सहयोग सङ्कलन अभियान

काैरव खत्री
गुल्मी । गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जलीले कोरोना उपचार तथा सङ्क्रमण रोकथामकालागि सहयोग सङ्कलन अभियान सुरु गरेको छ । पछिल्लो समय अक्सिजनकै कारण ज्यान गुमाउनु परेका धेरै घटनाहरु बढ्न थालेपछि रेडियोले गुल्मीमा यस्तो भयावह स्थितिको सामनाका लागि पूर्व तैयारी स्वरुप सहयोग सङ्कलन अभियान सुरु गरिएकाे हो ।

ग्रामिण क्षेत्रमा अक्सिजनको सहज आपूर्ति हुन नसक्दा ज्यान गुमाउनेहरुको संख्या बढ्दै जान थालेकाले त्यसका लागि सहयोग सङ्कलन अभियान थालिएको रेडियोका अध्यक्ष दिनेश खातीले जानकारी दिनुभयो । सङ्कलित रकमबाट स्थानीय सरकारसग समन्वय गरी अक्सिजन सिलिण्डर खरिद गर्ने वा कोरोना विरामीको उपचारमा अन्य आवश्यक सामाग्री खरिदकालागि प्रयोग गरिने समेत उहाँले बताउनुभयो ।

यसका लागि रेडियोले गुल्मी जिल्लामा रहेका विभिन्न सामाजिक व्यक्तित्व सघं संस्था, विदेशमा रहेका नेपाली र विभिन्न निकायहरुसगं सहयोगकालागि अपिल गरेको छ । अभियानमा अहिलेसम्म झण्डै २ लाख रुपैयाँ सहयोग सङ्कलन भईसकेको छ । सहयोग रकम सङ्कलन र व्यवस्थापनका लागि रेडियोले समितिनै बनाएर काम गरेको छ ।

अझै पनि सहयोग रकम जारी रहेको र सकंलित रकमले अक्सिजन खरिद प्रक्रिया पनि अगाडी बढेको अध्यक्ष खातिले बताउनुभयो । उहाँले यो अभियानमा सहभागी भई नागरिकको जीवर रक्षामा लाग्न सबैसगं आग्रह पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.