चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएकाे विषय उठाएछन् : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम  रावलले भाजपाका नेता चौथाइवालेसँगको भेटबारे जानकारी गराउन माग गरेका छन्, ।

उनले भनेका छन्,‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसँग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा

तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि ?’

कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह

धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?

— Dr. Bhim Rawal (@BhimRawal179) August 29, 2021

त्यस्तै रावलले कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने भन्दै माधव नेपाललाई प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले आफूलाई साथ दिएका केही साथीहरुले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै कटाक्ष गरेका थिए ।

त्यसको जवाफमा रावलले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो ।

द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।

— Dr. Bhim Rawal (@BhimRawal179) August 29, 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *